बिर्तामोड–७ मा स्विमिङ पुलको उद्घाटन

झापा । बिर्तामोड नगरपालिका–७ स्थित सुन्दर निचाझोडा गोलधाप सामुदायिक बनक्षेत्रभित्र निर्माण गरिएको स्विमिङ पुलको शुक्रबार एक भव्य समारोहबीच उद्घाटन गरिएको छ।

सुन्दर निचाझोडा गोलधाप सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्की प्रमुख अतिथि रहनु भयो। मन्त्री कार्कीले रिबन काटेर स्विमिङ पुललाई विधिवत रूपमा उद्घाटन गर्नुभयो।

कार्यक्रममा विशेष अतिथिका रूपमा वडा नम्बर ७ का वडाध्यक्ष अविरल कृष्ण खरेल सहभागी हुनु भएको थियो। देवराज कार्की ,वडा सदस्य लता विश्वकर्मा र किशोर भट्टराइ, रेनुका उप्रेती, मोहन सुब्बा, नवीन भट्टराई, देवेन्द्र खवास, चन्द्रमणि खरेल र डिल्ली ओली ,दिपक कार्की बिबेक मिश्र लगायत अतिथिका रूपमा उपस्थित हुनु भएको थियो।

समारोहमा स्वागत मन्तव्य मङ्गलसिंह सावाले प्रस्तुत गर्नुभएको थियो। प्रमुख अतिथि मन्त्री कार्की, वडाध्यक्ष खरेल, मोहन सुब्बा, नवीन भट्टराई र देवराज कार्कीले मन्तव्य राख्दै स्विमिङ पुल सञ्चालनले स्थानीय स्तरमा खेलकुदको विकास, स्वास्थ्यप्रति सचेतना वृद्धि र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको सञ्चालन समितिकी सचिव इन्दिरा अधिकारी बाँस्कोटाले गर्नुभएको थियो।