झापा, भदौ १४ । झापाको बिर्तामोड नगरपालिका–२ चैतुबारीस्थित दिवाकर फर्ममा प्रतिबन्धित लागुऔषध बरामद गरिएको छ ।

लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीले गरेको खानतलासीमा ३८ वर्षीय किरण राजवंशीले सञ्चालन गरेको उक्त फर्मबाट ट्रामाडोल ३०० पत्ता (३ हजार क्याप्सुल) र Pregex–75 लेखिएको ३० पत्ता (३ सय क्याप्सुल) बरामद गरिएको प्रहरीले जनाएको छ ।
सोही क्रममा राजवंशीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा थप अनुसन्धान भइरहेको छ ।