योगेशले पाए समसामयिक राजनीतिक प्रस्ताव तयार गर्ने जिम्मेवारी 

झापा बिर्तामोड नेकपा एमाले विधान महाधिवेशनमा समसामयिक राजनीतिक प्रस्ताव तयार गर्ने जिम्मेवारी पार्टीका सचिव योगेश भट्टराईलाई जिम्मेवारी दिएको छ ।

एमालेले गोदावरी जारी महाधिवेशनमा समसामयिक राजनीतिक प्रस्ताव तयार भट्टराईको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो ।

समितिमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटब्युरो सदस्य ज्वाला साह, ईश्वरी रिजाल, केन्द्रीय सदस्यहरू उषाकला राई, सृजना काफ्ले र माधव ढुङ्गेल सदस्य रहेका छन् ।

हिजोबाट सुरु भएको एमालेको विधान महाधिवेशन  भोलि सकिँदै छ l