बिर्तामोडका सफल व्यवसायी केशब निरौलाले भवन पुर्ननिर्माण अभियानमा ६५००० हजार सहयोग

जेनजी आन्दोलनका क्रममा क्षति ग्रस्त भएका प्रहरी संरचना पुर्ननिर्माणका लागि बिर्तामोडका युवा व्यवसायी हलेसी ट्रेड एण्ड सप्लायर्सका सन्चालक केशब निरौलाले आर्थिक सहयोग गरेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको भवन पुर्ननिर्माणका लागि बिर्तामोडका सफल व्यवसायी केशब निरौलाले आज भवन पुर्ननिर्माण अभियानमा सक्रिय युवा पदम श्रेष्टलाइ चेक मार्फत रुपैया ६५००० हजार रकम सहयोग हस्तान्तरण गरेका हुन् ।

सुरक्षा विनाको व्यवसाय सम्भव नहुने भन्दै निरौलाले प्रहरी कार्यालय पुर्नस्थापनमा सबैले सहयोग गर्नु पर्ने बताए । उनले बिर्तामोडका सबै उद्योगी व्यवसायीलाई सहयोग गरेर पुर्ननिर्माणको कामलाई तत्काल सम्पन्न गर्न अनुरोध समेत गरे ।

बिर्तामोडका पदम श्रेष्ठ , रमेश चौधारी र बिपिन बजगाइ लगायतका युवाहरु मार्फत जोडिएर स्वतस्फूर्त रुपमा शनिवारबाट इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन सरसफाईका साथै पर्ननिर्माणको काम शुरु गरेका छन् । पुर्ननिर्माणको काम शुरु भएसंगै विभिन्न व्यक्ति तथा व्यवसायीहरुले सहयोग रकम प्रदान गर्न शुरु गरेका छन् ।