बिर्तामोड असोज २५ /
दमक नगरपालिका–३ वेलडाँगी भुटानी शरणार्थी शिविरमा लागू औषध खैरो हेरोईन सेवन र बिक्री वितरणको तयारीमा संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।
आज साँझ ५ बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले साजन थापाको घरमा गोप्य सुचनाको आधारमा खानतलासी गर्दा, कोठाभित्र छुपाएर राखिएको ७ ग्राम ८०० मिलिग्राम खैरो हेरोईन बरामद भएको हो। बरामद औषध डिजिटल तराजुमा नाप गरिएको थियो।

पक्राउ पर्नेहरुमा झापाका साजन थापा (२७), आदित्य लिम्बु (१८), पविन विश्वकर्मा (१९), सुचन दर्जी (२५), बिजय माझी (२५), ईलामका दिपेश तामाङ (३२), सनम राई (३२), र मोरङका निश्चल पोर्तेल (२०) रहेका छन्।
प्रहरीका अनुसार, आदित्य लिम्बु गत जेन्जी आन्दोलनमा इप्रका दमकबाट प्रहरीको हतियार लुट्ने घटनामा पनि संलग्न भएको पाइएको छ। निश्चल पोर्तेल भने जेन्जी आन्दोलनको क्रममा हिरासतबाट फरार भएको अनुसन्धानको क्रममा रहेको जनाइएको छ।
हाल उनीहरूलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
