शैक्षिक परामर्श संघ (इक्यान) झापाको सातौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न

बिर्तामोड, झापा । शैक्षिक परामर्श संघ नेपाल (इक्यान) झापाको सातौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रम इक्यान झापाका अध्यक्ष रोशन सुबेदीको अध्यक्षता र केन्द्रीय अध्यक्ष शेषराज भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रमका क्रममा संघको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ। निर्वाचित नयाँ कार्यसमिति बिर्तामोड एजुकेशन फाउन्डेशनका सञ्चालक समेत रहेका कार्कीले इक्यान झापाको स्थापनाकालबाटै विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । उनी कोषध्यक्ष, सचिव, उपाध्यक्ष हुदैं अध्यक्ष बनेका हुन् ।त्यस्तै समितिको आईपीपीमा निर्वतमान अध्यक्ष रोशन सुवेदी रहेका छन् । समितिको उपाध्यक्षमा अशोक भण्डारी चयन भएका छन् । बिर्तामोडस्थित बिज इन्टरनेश्नल एजुकेशन सर्भिसका सञ्चालक समेत रहेका भण्डारीले यसअघि सचिव, कोषध्यक्ष र सदस्यको जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गरिसकेका छन् ।त्यस्तै संस्थाको सचिवमा विशाल सिटौला चयन भएका छन् । समितिको कोषध्यक्षमा तुलसी पाठक सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । समितिको सदस्यहरुमा सरोश खरेल नविन बोहोरा, मोहन पराजुली र निशा दुलाल सर्वसम्मत चयन भएका हुन् । 

शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आएको नेपाल शैक्षिक परामर्श संघमा ५० बढी सदस्यहरु रहेका छन् । संस्थाको संस्थापक अध्यक्षका रुपमा सुमन शर्मा जमरकट्टेल रहेका छन् ।

नेपाल शैक्षिक परामर्श संघका केन्द्रिय अध्यक्ष शेषराज भट्टराईबाट नवनिर्वाचित समितिले आजै सपथ ग्रहण गर्दै दुई वर्षे कार्यकालको शुरुवात गरेको छ 

कार्यक्रमकै अवसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो, जसले सामाजिक उत्तरदायित्वप्रति इक्यान झापाको प्रतिबद्धता झल्काएको छ l 

कार्यक्रममा शिक्षा क्षेत्रमा सक्रिय परामर्शदाताहरू, अतिथिहरू र समाजसेवीहरूको उल्लेख्य सहभागिता रहेको थियो।