बिर्तामोड, झापा बिराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २०औँ वार्षिक साधारण सभा र ७औँ अधिवेशनको अवसरमा यस वर्षको ‘उत्कृष्ट कर्मचारी सम्मान’ संस्थाका ब्यवस्थापक तेज प्रसाद पाठकलाई प्रदान गरेको छ।

पाठकलाई नगद ७ हजार रुपैयाँ र सम्मान–पत्रसहित सम्मान गरिएको हो। २०६३ सालदेखि सहकारीको कोषाध्यक्षदेखि व्यवस्थापकसम्म महत्वपूर्ण भूमिकामा सक्रिय रहेका ५७ वर्षीय पाठक विगत १० वर्षदेखि निरन्तर उत्कृष्ट कार्यसम्पादनका कारण यस सम्मानसूचीमा परेका हुन्।

संस्थाले हरेक वर्ष सहकारी क्षेत्रमा योगदान गर्ने कर्मचारीलाई प्रोत्साहन स्वरूप सम्मान गर्दै आएको बताएको छ। पाठकले आफ्नो लामो अनुभव, अनुशासन र जिम्मेवारीपूर्ण सेवाबाट संस्थालाई सुदृढ बनाउन योगदान पुर्याएका छन्।
समारोह अनारमनी पब्लिक क्याम्पस, बिर्तामोडमा सम्पन्न भएको थियो।
