बिर्तामोड, झापा ।बिर्ताबजारको सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएका प्रहरी सहायक निरीक्षक पदम बिष्ट पछिल्ला दिनमा आफ्नो कार्यकुशलता, अनुशासन र नेतृत्व क्षमताका कारण सबैका बीचमा प्रशंसनीय बनेका छन्। उनले बिर्ताबजारलाई शान्त, सुरक्षित र अपराधमुक्त बनाउन २४ सै घण्टा सक्रिय रहँदै निरन्तर प्रहरी सेवामा समर्पित भूमिका निर्वाह गरिरहेका छन्।

अवैध औषध नियन्त्रणदेखि अपराध रोकथामसम्म, बिष्टको नेतृत्वमा बिर्ताबजार क्षेत्रमा उल्लेखनीय सुधार आएको छ। उनले कहिले सादा पोसाकमा टोलीमार्फत बजार क्षेत्रका संवेदनशील स्थानहरूमा निगरानी गरे त कहिले जोखिम मोलेरै आफै खटे जसको प्रत्यक्ष प्रभाव अपराध घट्न र कानून पालनामा देखिएको छ। लागु औषध नियन्त्रणका अभियानहरूमा उनले देखाएको दृढता र साहसले बिर्ताबजारलाई उदाहरणीय बनाउन सहयोग पुर्याएको छ।
उनले बिर्तामोड नगरपालिका र वडा नम्बर ३ को कार्यलयसंग समन्य गर्दै समुदायसँगको सम्बन्ध मजबुत बनाउन स्थानीय नागरिक, व्यवसायी र युवाहरूसँग निरन्तर सहकार्य गरीरहे । अनी विद्यालय, संघसंस्था र समुदायमा गएर अपराध नियन्त्रण, लागु औषध दुरुपयोग, साइबर अपराध जस्ता विषयमा सचेतना कार्यक्रम सञ्चालन निरन्तर गरीरहे जस्ले गर्दा प्रहरीप्रतिको विश्वास र जनसहभागिता दुवै बढाएको छ l
बिष्टको प्रयासले अहिले बिर्ताबजार क्षेत्रमा शान्ति सुरक्षा प्रत्याभूति मात्र होइन, अपराध नियन्त्रणमा पनि द्रुत सुधार आएको छ। वडा सदस्य हरी बास्कोटाका अनुसार, उनको प्रतिबद्धता र निरन्तर उपस्थितिले बिर्ताबजारलाई सुरक्षित, व्यवस्थित र अपराधमुक्त बजार क्षेत्रका रूपमा अघि बढ्न मद्दत गरेको छ।
हालैको जेन जि आन्दोलनका क्रममा उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा प्रहरी सहायक निरीक्षक पदम बिष्टले देखाएको साहसिकता र नेतृत्व प्रशंसनीय बनेको छ। आन्दोलनको तनावपूर्ण वातावरणमा उनले आफु जोखिममा रहँदै पनि प्रहरी सामग्री, हतियार र संवेदनशील दस्तावेजहरू पूर्ण रूपमा सुरक्षित राख्न सफल भएका छन्।
आन्दोलनका क्रममा प्रहरीले भोग्नुपरेका चुनौती र जनताको आक्रोशबीच पनि बिष्टले शान्त मनोबलका साथ आफ्नो टोलीलाई सम्हाल्दै सुरक्षाको जिम्मेवारी निर्वाह गरे। जोखिमको घडीमा पनि उनले सुरक्षाको पहिलो प्राथमिकता जनताको जीवन र सरकारी सम्पत्तिलाई दिएका थिए।
उनका सहकर्मी प्रहरीका अनुसार, आन्दोलनका बेला बिष्टले तत्काल निर्णय क्षमता र संयम देखाउँदै आफ्ना सहकर्मीहरूलाई सुरक्षित ठाउँमा तैनाथ गराउने, भीड नियन्त्रणमा संयम अपनाउने र संवेदनशील वस्तुहरू सुरक्षित राख्ने कार्यमा उल्लेखनीय भूमिका खेले l
बिर्तामोड वडा नम्बर ३ का वडा अध्यक्ष मदन बुढाथोकीका अनुसार, बिष्ट सधैं फोन गरेको बाटोको समय भन्दा ढिलो कहिले नगर्ने सहज उपलब्ध हुने अनि अत्यान्तै मिलनसार साथै जिम्मेवार प्रहरीका रूपमा परिचित छन्। “जनताको प्रहरी” भनेर चिनिने बिष्टले जनताको समस्या सुन्ने, समाधान खोज्ने र तत्काल कारबाही गर्ने संस्कार स्थापित गरेका छन्। उनका सहकर्मीहरूले पनि उनलाई अनुशासनप्रिय, कार्यप्रेमी र प्रेरणादायी नेतृत्वका रूपमा लिन्छन्।
पदम बिष्टको उदाहरणीय कार्यशैली र जनमुखी सेवा भावनाले बिर्ताबजारमा प्रहरीको छवि थप उज्यालो बनेको छ।