चट्याङ लागेर महिलाको मृत्यु

झापा, असोज १५ ।
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागेर मृत्यु भएको छ।

आज बिहान करिब ११ बजे बाख्रा लिन निस्किएकी ऋषिदेवलाई वर्षासँगै परेको चट्याङले प्रहार गरेको थियो। आफन्तका अनुसार उनलाई तत्कालै उपचारका लागि बिर्ता सिटी अस्पताल लैजाँदै गर्दा बाटैमा निधन भएको हो।

मृतकको शव अस्पतालमै राखिएको छ। उनले श्रीमान्, एक छोरा र एक छोरीलाई पछाडि छोडेकी छन्।