बिर्तामोड, झापा । जेन जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको बिर्तामोड वडा ७ को वडा कार्यालयलाई सहयोगस्वरूप बेल्स मोडेल बोर्डिङ स्कुलले ४० हजार रुपैयाँ बराबरको कम्प्युटर प्रदान गरेको छ।

विद्यालयका संस्थापक प्रधानाध्यापक तारा प्रसाद प्रसाईले वडा कार्यालयलाई कम्प्युटर हस्तान्तरण गर्दै स्थानीय निकायको सूचना प्रवाह र प्रशासनिक कार्य सहज बनाउन यो सहयोग गरिएको जानकारी दिनुभयो।
उक्त अवसरमा वडा अध्यक्ष अबिरल कृष्ण खरेलले बेल्स मोडेल बोर्डिङ स्कुलप्रति आभार व्यक्त गर्दै शिक्षण संस्थाले सामाजिक उत्तरदायित्वका रूपमा गरेको यो सहयोग प्रशंसनीय रहेको बताउनुभयो। अध्यक्ष खरेलले थप्दै भन्नुभयो, “शैक्षिक संस्था र स्थानिय तह बिचको यस्तो सहकार्यले समुदायमा सकारात्मक सन्देश दिएको छ। यसले हाम्रो एकता र पुनःनिर्माणको भावना रहेको देखिन्छ ।” उहाँले अब विद्यालयको यो सहयोगले वडा कार्यालयको नियमित सेवा प्रवाह सहज र छिटो हुने विश्वास व्यक्त गर्नुभयो।

बिर्तामोडको स्थानीय बासी र संघ संस्थाहरूले यसरी सहकार्य र सहयोगका माध्यमबाट समुदाय पुनःनिर्माणमा हातेमालो गर्दै आएका छन्।
