बिर्तामोड ३ मा दुई दिने नेतृत्व विकास तालिम सुरु 

बिर्तामोड (झापा)। नेतृत्व क्षमता अभिवृद्धि र स्थानीयहरूलाई थप सक्षम बनाउने उद्देश्यले बिर्तामोड नगरपालिका–३ मा दुई दिने नेतृत्व विकास तालिम सुरु भएको छ। महेन्द्र रत्न माविको सभाहलमा आयोजित तालिमको उद्घाटन वडा अध्यक्ष मदन बुढाथोकीको अध्यक्षतामा सम्पन्न भयो।

Screenshot

कार्यक्रममा वडा सदस्य लक्ष्मी रोक्का र इन्जिनियर प्रभास थापा मगर अतिथि रहनु भयो। उक्त तालिमको प्रशिक्षक कुसुम उप्रेतीर विनोद दाहालले सञ्चालन गरिरहेका छन्। कार्यक्रममा ग्लोवल लर्निङ ल्याबको आर्थिक सहयोगमा सहारा नेपाल र बिर्तामोड नगरपालिका ३ को समन्वय रहेको छ।

वडाका विभिन्न टोलहरूबाट प्रतिनिधिमुलक रूपमा सहभागी गराइएको तालिममा ३० भन्दा बढी सहभागी उपस्थित रहेका छन  । नेतृत्व विकास, व्यवस्थापन, कार्ययोजना निर्माण र सामुदायिक पहलकदमीबारे व्यावहारिक सिकाइ दिइने प्रशिक्षकले जनाएका छन ।

वडा अध्यक्ष मदन बुढाथोकीका अनुसार, “वडालाई नेतृत्वयुक्त, सक्षम र सक्रिय बनाउन यस्तो तालिम आवश्यक भएकाले सबै टोलको सहभागिता सुनिश्चित गरिएको हो।”

तालिम आगामी दिनमा पनि निरन्तर गर्ने योजना रहेको वडा सदस्य लक्ष्मी रोक्काले जनाइन l