बिर्तामोड, कात्तिक २६ ।
झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक कोठाबाट प्रहरीले गोलीसहित दुई जनालाई पक्राउ गरेको छ

लागु औषध नियन्त्रण ब्युरो इकाई काकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको व्यक्तिहरूमध्ये ऐ. बाह्रदशी गाउँपालिका–४ चकचकी घर भई रामचोकस्थित लालबहादुर गिरीको घरमा डेरा गरी बस्ने २७ वर्षीया इस्रप खातुनको कोठाबाट प्रहरीले विभिन्न गोली तथा सामग्री बरामद गरेको हो।
प्रहरीका अनुसार सो कोठाबाट SLR का ३८ राउण्ड, INSAS का १६ राउण्ड, काँसको थाल १ वटा, करुवा १ वटा, पित्तलको गिलास १ वटा र प्रहरीको बुट १ जोर फेला परेको छ।
यस्तै, सो क्रममा बिर्तामोड–२ रामचोकका २२ वर्षीय विकास टुडु पनि पक्राउ परेका छन्। उनी भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको हातहतियार घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
