ठुलो परिणामका अवैध माछा बरामद गरी नष्ट 

झापा, मंसिर २१ ।

आज बिहान कन्काई नगरपालिका–३ स्थित सब डिभिजन वन कार्यालय नजिकैको बाटो छेउबाट भन्सार छलि तथा क्वारेन्टाइन प्रक्रिया बिना अवैध रूपमा ल्याइएको ठूलो परिमाणको माछा बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी नायव निरीक्षक सुवास ढुंगानाको नेतृत्वमा रहेको गस्ती टोलीले करिब ४१७ केजी मुङ्री, सिलन, रहु र बम्प्लेट जातका माछा बेवारीसे अवस्थामा फेला पारेका हुन्। बरामद माछाको अनुमानित मूल्य रु. १,५०,००० (एक लाख पचास हजार रुपैयाँ मात्र) रहेको जनाएको छ।

पक्राउ परिएका माछा सम्बन्धित सबै कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय झापामा नष्ट गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

प्रहरीका अनुसार भन्सार छलि तथा स्वास्थ्यजाँच (क्वारेन्टाइन) बिना ल्याइने खाद्य वस्तुले उपभोक्तामा गम्भीर जोखिम निम्त्याउने भएकाले यस्तो अवैध गतिविधिमाथि कडाइका साथ निगरानी जारी रहने जनाएको छ।