कञ्चन अङ्ग्रेजी माध्यमिक विद्यालयको शैक्षिकमा जस्तै अतिरिक्त क्रियाकलापमा पनी सफलता

झापा, झापाको बिर्तामोड नगरपालिका–७ मा अवस्थित कञ्चन अङ्ग्रेजी माध्यमिक विद्यालयले शैक्षिक गुणस्तरका साथै अतिरिक्त क्रियाकलापमा पनि आफ्नो सशक्त उपस्थिति जनाउँदै आएको छ। विद्यालयले SEE तथा नगरस्तरीय परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्दै निरन्तर उत्कृष्टता कायम राखेको छ।

यसै क्रममाः चालु शैक्षिक सत्र २०८२ मा बिर्तामोड नगर प्याब्सनद्वारा आयोजित अतिरिक्त क्रियाकलाप (ECA) प्रतियोगिताहरूमा विद्यालयका विद्यार्थीहरूले विभिन्न विधामा उत्तिकै  सफलता हासिल गरेका छन l

प्रतियोगिताअन्तर्गत विद्यालयले निबन्ध लेखन (कक्षा ९–१०) र हस्तलेखन (कक्षा १–५) मा प्रथम स्थान हासिल गर्न सफल भएको छ। त्यस्तै, श्रुति लेखन (कक्षा ६–८) तथा १२ वर्षमाथिको गायन विधामा तृतीय स्थान प्राप्त गरेको विद्यालयले फुटबलतर्फ दोस्रो स्थान हासिल गरेको छ।

मार्शल आर्ट अन्तर्गत काँता विधामा पनि विद्यालयका विद्यार्थीहरूको सशक्त प्रस्तुति देखिएको छ। आधारभूत तह केटीतर्फ तथा माध्यमिक तह केटातर्फ विद्यालयले तृतीय स्थान प्राप्त गरेको छ। यसैगरी सांस्कृतिक नृत्य विधामा प्रथम स्थान हासिल गर्दै विद्यालयले आफ्नो बहुआयामिक प्रतिभा पुनः प्रमाणित गरेको छ।

उक्त उपलब्धिले विद्यालयको समग्र शैक्षिक वातावरण, अनुशासित शिक्षण प्रणाली प्रति अभिभावक शिक्षक विद्यार्थीबीचको समन्वयलाई स्पष्ट रूपमा उजागर गरेको विद्यालय प्रशासनले जनाएको छ। साथै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै, यस सफलतामा योगदान पुर्‍याउनुहुने अभिभावक, शिक्षक शिक्षिका, लगायत सम्पूर्ण शुभेच्छुकप्रति विद्यालयले  धन्यवाद व्यक्त गरेको छ।