पूर्वेली समाचार प्रा.लि.को प्रथम वार्षिक उत्सव सम्पन्न

बिर्तामोड, झापा

पूर्वेली समाचार प्रा.लि.ले आज आफ्नो प्रथम वार्षिक उत्सव कार्यक्रमका सम्पन्न गरेको छ ।

गणेश कोइरालाको अध्यक्षता  र नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपाने प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने विशिष्ट अतिथिहरूमा बिर्तामोड नगरपालिका वडा नम्बर ३ का अध्यक्ष मदन बुढाथोकी, वडा नम्बर ७ का अध्यक्ष अबिरल कृष्ण खरेल, अग्रज पत्रकार उमाकान्त खनाल, रहनु भएको थियो भने वडा नम्बर ३ का वडा सदस्य हरी बाँस्कोटा, प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार, उद्योग वाणिज्य संघ बिर्तामोडका कोषाध्यक्ष युवराज निरौला तथा सभामुखको सचिवालयका हिमाल मैनाली अतिथि रहनु भएको थियो ।

त्यसैगरी कार्यक्रममा पत्रकारहरू नरेन्द्र ढकाल, रमेश तिवारी, पुष्प बराल, टिकाराम बास्तोला, बी.जी. तिवारीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै अग्रज पत्रकार उमाकान्त खनालले बदलिँदो समयसँगै पत्रकारितामा प्रविधिको प्रयोगमा विशेष जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । उद्योग वाणिज्य संघ बिर्तामोडका कोषाध्यक्ष युवराज निरौलाले सीमित समयमै सबै क्षेत्रलाई समेट्दै पूर्वेली समाचारले गरेको काम प्रशंसनीय रहेको बताउनुभयो ।

वडा नम्बर ७ का अध्यक्ष अबिरल कृष्ण खरेलले पूर्वेली समाचारले वडाको क्षतिग्रस्त कार्यालय पुनर्निर्माणमा खेलेको सकारात्मक भूमिकाप्रति धन्यवाद व्यक्त गर्नुभयो । वडा नम्बर ३ का अध्यक्ष मदन बुढाथोकीले सत्य–तथ्यमा आधारित समाचार र भुइँमान्छेको आवाजलाई प्राथमिकता दिएकै कारण पूर्वेली समाचार छोटो समयमै अब्बल सञ्चारमाध्यमका रूपमा स्थापित भएको उल्लेख गर्नुभयो ।

प्रमुख अतिथि सुव्रत न्यौपानेले समाचार लेखनमा प्रमाण, तथ्य र सबै पक्षको आवाज समेटेर सन्तुलित पत्रकारिता गर्न सुझाव दिनुभयो ।

टिमको तर्फबाट नबिन बिमलीले सबैलाइ धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन अच्युत सुबेदीले गरेका थिए ।