झापा, पुष ४ । जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका ठूलो परिमाणमा हतियार र गोलीगठ्ठा फेला परेको छ ।

आज साँझ ५ बजे दमक नगरपालिका वडा नं. १ बुद्ध टोलस्थित रतुवा खोला किनारको काँसघारीमा बेवारिसे अवस्थामा हतियार तथा गोलीगठ्ठा फेला परेको हो । स्थानीयले देखेर इलाका प्रहरी कार्यालयमा दमकमा जानकारी गराएका थिए ।
फेला परेका हतियारहरु निम्न छन्
१.म्याग्जिनसहितको ३११०३३६१ नम्बर भएको ईन्सास थान–१
२.म्याग्जिनसहितको ३११०३३६४ नम्बर भएको ईन्सास थान–१
३.म्याग्जिन नभएको ३११०३५१२ नम्बर भएको ईन्सास थान–१
४.३०३ को जंगी राउण्ड थान–१३४ (एक सय चौतीस) ।
५.एसएलआरको जंगी राउण्ड थान–५
६.ईन्सासको जंगी राउण्ड थान– २० ।
वेवारिसे भेटिएका हतियार बारे प्रहरीले थप अनुसन्धान गर्ने जनाएको छ l