ग्रामकाली मन्दिर संरक्षण तथा टोल विकास समितिको चौथो अधिवेशन सम्पन्न

विर्तामोड, झापा ।

बिर्तामोड ३ स्थित ग्रामकाली मन्दिर संरक्षण तथा टोल विकास समितिको चौथो अधिवेशन तथा सातौँ वार्षिक साधारणसभा विर्तामोड नगरपालिका वडा नं. ३ का वडा सदस्य हरि प्रसाद बास्कोटाको प्रमुख आतिथ्यता तथा समितिका अध्यक्ष इन्द्र नारायण प्रसाईको अध्यक्षतामा सम्पन्न भएको छ।

साधारणसभामा समितिका सचिवद्वारा प्रस्तुत प्रतिवेदन अनुसार दाता महानुभावहरूबाट संकलित रकमबाट १२ लाख रुपैयाँभन्दा बढीको अक्षय कोष स्थापना भइसकेको जानकारी गराइएको थियो।

अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ। नवगठित समितिको अध्यक्षमा इन्द्र नारायण प्रसाई, उपाध्यक्षमा ईश्वरी प्रसाद अर्याल, सचिवमा टीका अधिकारी र कोषाध्यक्षमा डम्बर कुमारी बराल चयन हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा सुजन मैनाली, टंक विमली, अम्बिका खरेल, भिमा पोखरेल र तिलोचन आचार्य चयन हुनुभएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि हरि प्रसाद बास्कोटाले ग्रामकाली मन्दिर परिसरमा ‘हिमालय पर्वत’ निर्माण गर्ने समितिको लक्ष्य प्रशंसनीय रहेको उल्लेख गर्दै उक्त लक्ष्य पूरा गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको सञ्चालन समितिका सचिव टीका अधिकारीले गर्नुभएको थियो।

Leave a Reply