बिर्तामोड नगरपालिकाले आदिवासी सन्थाल समुदायको प्रमुख पर्व सोराई को अवसरमा २०८१ माघ ३० गते स्थानीय बिदा दिने निर्णय गरेको छ।

नगर कार्यपालिकाको मिति २०८१ माघ २७ को निर्णयअनुसार, बिर्तामोड नगरपालिका क्षेत्रभित्रका अत्यावश्यक सेवा बाहेक सबै नगरपालिकाका कार्यालय, वडा कार्यालयहरू, सम्पूर्ण सामुदायिक विद्यालयहरू, तथा स्वास्थ्य संस्थाहरू एक दिनका लागि बन्द रहनेछन्।
नगरपालिकाले सूचना जारी गर्दै सोराई पर्वको अवसरमा सन्थाल समुदायसहित सम्पूर्ण नगरवासीलाई शुभकामना व्यक्त गरेको छ।