सुनको मूल्यमा गिरावट, तोलामा रु ६०० ले कमी
२० चैतः मङ्गलबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज भने घटेको छ । पछिल्लो दिनयता लगातार बढेर कीर्तिमान कायम गरिरहेको सुनको मूल्य आज तोलामा रु छ सय घटेको हो ।…
२० चैतः मङ्गलबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज भने घटेको छ । पछिल्लो दिनयता लगातार बढेर कीर्तिमान कायम गरिरहेको सुनको मूल्य आज तोलामा रु छ सय घटेको हो ।…
झापा चैत २० - थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उनका थाइ समकक्षी पे थोङ् थान्शिनावातबीच आज भेटवार्ता हुँदैछ l थाइल्याण्डको सरकारी भवनमा भेटवार्ताअघि प्रधानमन्त्री ओली समकक्षी सिनावातले आयोजना गरेको स्वागतसमारोहमा भएका थिए l थाइल्याण्डका प्रधानमन्त्री निवातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलो पटक थाइल्याण्डकोऔपचारिक भ्रमण भएको हो । यो भ्रमणबाट दुई देशबीचको आपसी सम्बन्ध विस्तार र सहकार्यमा योगदान पुग्नेअपेक्षा गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धीसम्झौतापत्रमा हस्ताक्षर हुने छ । यसैगरी दुई देशबीचका गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न छ सहमतिपत्रआदाप्रदान हुनेछ l सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री ओली आफ्नोसम्मानमा समकक्षी सिनावातले आयोजना गर्नुभएको दिवभोजमा सहभागी हुनेछन् । प्रधानन्त्री ओलीले आजैथाइल्याण्डका राजा महा बजिरालोङकर्नसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
झापा, चैत १७ । ‘राजतन्त्र जिन्दावाद’ को नारासहित बिर्तामोडमा राजावादीहरुले मशाल जुलुस निकालेका छन् । आज साँझ बिर्तामोड –४ स्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला पार्टी कार्यालय अगाडिबाट राप्रपा बिर्तामोड नगर…
७ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा अोलीले सर्वदलीय बैठक बोलाएका छन् । सभामुख देवराज घिमिरेसँगको छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको जानकारी गराएका हुन् ।…
७ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएको १३ महिनामै प्रा.डा. केशरजंग बरालले राजीनामा दिए । त्रिवि स्रोतका अनुसार शुक्रबार उनले राजीनामा पत्र प्रधानमन्त्री कार्यालयमा पठाएका हुन् । गत…
नेपाल पत्रकार महासङ्घले शुक्रबार तीनकुनेमा भएको घटनाको भत्र्सना गर्दै विरोध प्रकट गरेको छ । महासङ्घको आज बसेको उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठकले शुक्रबारको घटनामा क्षति पुर्याइएका सञ्चारगृहको अनुगमन, घाइते सञ्चारकर्मी…
झापा, अस्वस्थकर खानपानका कारण पछिल्लो समय मानिसमा नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको स्वास्थ्य शाखा झापाका प्रमुख रमेश वराकोटीले बताएका छन् । नेपाल पत्रकार महासंघको ७० औं स्थापना दिवसको अवसरमा झापामा…
झापा। यातायात व्यवस्था कार्यालय झापाको उदासीनताका कारण सयौं सेवाग्राहीहरू ठगिएका छन्। कार्यालयको छाप र अधिकृतको हस्ताक्षर नक्कली गरी एक बिचौलियाले सेवाग्राहीलाई ठगेको खुलासा भए पनि यसलाई रोक्न कार्यालयले कुनै पहल…
झापा जिल्लामा सवारी दुर्घटनामा परी ६६ जनाको ज्यान गएको छ । चालु आवको आठ महिनाको अवधिमा आठ सय७१ वटा सवारी दुर्घटनामा परी ६६ जनाको ज्यान गएको जिल्ला ट्राफिक कार्यालय झापाले जनाएको छ । दुर्घटनामा एक हजार तीन सय ९६ जना घाइते भएका छन् । यताकार्यालयले आठ महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ४० हजार चार सय ५९ वटा सवारी साधनलाईकारबाही गरेको छ । जसबाट कार्यालयले दुई करोड ६६ लाख ६१ हजार राजश्व समेत संकलन गरेको छ । दुर्घटना न्यूनीकरणका लागिकार्यालयले जिल्लाका विभिन्न स्थानमा तीन हजार सात सय ८२ वटा जनचेतनामूलक कार्यक्रम गरेको छ भने तीकार्यक्रमबाट एक लाख ५५ हजार ५३ जना लाभान्वित भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरीनिरीक्षक गणेश पौडेलले जानकारी दिए । उता, झापामा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ट्राफिक शिक्षक’ कार्यक्रम समेत सञ्चालनमा ल्याइएको उनलेबताए । सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना अभिबृद्धि गर्ने उद्देश्यले ‘ट्राफिक शिक्षक’ कार्यक्रम सञ्चालनमाल्याइएको ट्राफिक प्रमुख पौडेलको भनाई छ
झापा— झापाका १३ वटा क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ(नेविसंघ) ले वर्चस्व कायम गरेको छ। नेविसंघले ९ क्याम्पसमा जित हात पार्दै पहिलो संगठन बन्न सफल भएको छ।एमाले निकट अनेरास्ववियुले ३ क्याम्पसमा जित निकाल्दा राप्रविसंघले १ क्याम्पसमा सभापति पद हात पारेको छ।माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) ले भने एक क्याम्पसमा पनि जित निकाल्न सकेन। झापाको सबैभन्दा ठूलो र केन्द्रीय क्याम्पस मानिने मेची बहुमुखी क्याम्पसमा पहिलो पटक महिला नेतृत्व चयन भएकोछ। सभापतिमा नेविसंघकी निलम कार्की निर्वाचित भएकी छन्, जसले क्याम्पस इतिहासमै पहिलो महिला सभापतिबन्ने गौरव हासिल गरिन्। यसैगरी, दमक बहुमुखी क्याम्पसमा पनि नेविसंघको जित भएको छ, जहाँ भूपेन्द्र बस्नेत(भुवन) सभापति निर्वाचित भए। अन्य नेविसंघ विजयी क्याम्पसहरूमा कनकाई क्याम्पस सुरुङ्गामा वासुदेव निरौला, कनकाई आदर्श क्याम्पसबिर्तामोडमा किरण गुरुङ, इन्द्रचन्द्र क्याम्पस बिर्तामोडमा श्रीजित ढुङ्गाना, शनिश्चरे क्याम्पस अर्जुनधारामा विशालथापा, काँकडभिट्टा क्याम्पस मेचीनगरमा सुरज राई, गौरीगञ्ज क्याम्पस गौरीगञ्जमा रोशन यादव निर्वाचित भएकाछन्। एमाले निकट अनेरास्ववियुले ३ क्याम्पसमा सभापति जितेको छ, जसमा त्रिदेव बहुमुखी क्याम्पसमा ईश्वर रिजाल, सितारामेश क्याम्पस बुद्धशान्तीमा अशोक भण्डारी, गौरादह बहुमुखी क्याम्पसमा तुलसीराम पौडेल निर्वाचित भएकाछन्। यस्तै, बिर्तामोडको गरामनी क्याम्पसमा राप्रविसंघका केशव खरेल सभापति निर्वाचित भएका छन्। यसपटकको स्ववियु निर्वाचनमा नेविसंघको प्रभावशाली उपस्थिति देखिएको छ भने अनेरास्ववियु (क्रान्तिकारी) कोशून्य नतिजाले विद्यार्थी राजनीतिमा नयाँ संकेत गरेको विश्लेषण गरिएको छ।