झापा जिल्लामा सवारी दुर्घटनामा परी ६६ जनाको ज्यान गएको छ । चालु आवको आठ महिनाको अवधिमा आठ सय७१ वटा सवारी दुर्घटनामा परी ६६ जनाको ज्यान गएको
जिल्ला ट्राफिक कार्यालय झापाले जनाएको छ । दुर्घटनामा एक हजार तीन सय ९६ जना घाइते भएका छन् । यताकार्यालयले आठ महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ४० हजार चार सय ५९ वटा सवारी साधनलाईकारबाही गरेको छ ।

जसबाट कार्यालयले दुई करोड ६६ लाख ६१ हजार राजश्व समेत संकलन गरेको छ । दुर्घटना न्यूनीकरणका लागिकार्यालयले जिल्लाका विभिन्न स्थानमा तीन हजार सात सय ८२ वटा जनचेतनामूलक कार्यक्रम गरेको छ भने तीकार्यक्रमबाट एक लाख ५५ हजार ५३ जना लाभान्वित भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरीनिरीक्षक गणेश पौडेलले जानकारी दिए ।
उता, झापामा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ट्राफिक शिक्षक’ कार्यक्रम समेत सञ्चालनमा ल्याइएको उनलेबताए ।
सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना अभिबृद्धि गर्ने उद्देश्यले ‘ट्राफिक शिक्षक’ कार्यक्रम सञ्चालनमाल्याइएको ट्राफिक प्रमुख पौडेलको भनाई छ