झापा, फागुन ९ – इलाममा आज बिहान एक मिनी ट्रक दुर्घटनाग्रस्त भई आगलागी भएको छ।
बिर्तामोडबाट मंगलबारेतर्फ जाँदै गरेको ना ६ ख ६११८ नम्बरको खाली मिनी ट्रक माई नगरपालिका–१०, शेरास्थित भित्री सडकखण्डमा बिहान ७:३० बजे मोड्ने क्रममा सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनापछि ट्रकबाट तेल पोखिएर ब्याट्री सर्ट भई आगलागी भएको बताइएको छ।
नेपाल प्रहरी, स्थानीय बासिन्दा र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको छ। आगलागीका कारण ट्रकको अगाडिको भाग जलेर नष्ट भएको छ।
दुर्घटनापछि ट्रक चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।