मिस्टर एण्ड मिस तथा जुनियर मिस्टर एण्ड मिस मेचिनगर 2026 सम्पन्न 

बिर्तामोड , झापा । बालबालिका तथा युवायुवतीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता, आत्मविश्वास र अन्तर्निहित प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको MR. & MISS MECHINAGAR 2026 तथा MR. & MISS MECHINAGAR JUNIOR 2026 प्रतियोगिता सम्पन्न भएको छ।

कार्यक्रममा मेचीनगर क्षेत्रका विभिन्न विद्यालय तथा शैक्षिक संस्थाबाट प्रतिभाशाली बालबालिका र युवायुवतीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्रतियोगीहरूले आफ्नो प्रतिभा, आत्मविश्वास, प्रस्तुति कला, व्यक्तित्व विकास तथा सामाजिक चेतनासम्बन्धी क्षमताको प्रदर्शन गर्दै निर्णायक मण्डलको मूल्यांकन प्राप्त गरेका थिए।

MR. & MISS MECHINAGAR JUNIOR 2026 अन्तर्गत प्रतियोगी नं. ३ दिव्या थापाले Voting Star Award तथा Miss Mechinagar Junior 2026 को उपाधि जित्न सफल भइन्। प्रतियोगी नं. ६ सहिना गुरुङले Public Choice Award र First Runner-Up बन्न सफल भइन् भने प्रतियोगी नं. १ सोनिया भारती Second Runner-Up घोषित भइन्। त्यस्तै प्रतियोगी नं. २२ दियान घिमिरेले Mr. Mechinagar Junior 2026 को उपाधि हासिल गरे।

त्यसैगरी MR. & MISS MECHINAGAR 2026 (Senior) तर्फ प्रतियोगी नं. ३ रिहाना लिम्बुले Voting Star Award प्राप्त गरिन्। प्रतियोगी नं. १५ प्रसुक्षया हुमागाईंले Public Choice Award सहित Miss Mechinagar 2026 को प्रतिष्ठित उपाधि जित्न सफल भइन्। प्रतियोगी नं. ७ सुदीप्ति राई First Runner-Up तथा प्रतियोगी नं. १६ आयुष राई Second Runner-Upघोषित भए। प्रतियोगी नं. १० इनिश रायाले Mr. Mechinagar 2026 को उपाधि जिते।

प्रतियोगिताको प्रमुख निर्णायकका रूपमा अर्शु महर्जन रहनुभएको थियो भने अन्य निर्णायकहरूमा डा. मनीषा सुबेदी, बिबेश राई, गीत बस्नेत, कल्पना उप्रेती प्रसाई र सुमन शर्मा रहनुभएको थियो।

कार्यक्रमलाई सफल बनाउन  विवेक खड्का तथा पुकार कार्की को नेतृत्वमा आयोजक टोली सक्रिय रहेको थियो। कार्यक्रमको सञ्चालन  प्रयुष पौड्यालले गर्नुभएको थियो।

आयोजकका अनुसार यस्ता प्रतियोगिताले बालबालिका तथा युवाहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने, आत्मविश्वास अभिवृद्धि गर्ने तथा नेतृत्व क्षमताको विकास गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास लिइएको छ। सहभागी सबै प्रतियोगीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै आगामी वर्षहरूमा कार्यक्रमलाई अझ भव्य र प्रभावकारी रूपमा आयोजना गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

Leave a Reply