हल्दीबारी–२ मा सडक सुरक्षाका लागि जेब्रा क्रसिङ र ब्यारिकेट स्थापना

झापा , बिर्तामोड । हल्दीबारी गाउँपालिका २ स्थित शम्भु चोकको पूर्व–पश्चिम सडक खण्डमा सडक सुरक्षा तथा व्यवस्थित आवागमनलाई सहज बनाउन जेब्रा क्रसिङ र ब्यारिकेट राख्ने कार्य सम्पन्न भएको छ।

सडक प्रयोगकर्ताको सुरक्षा गर्ने उद्देश्यले गरिएको उक्त कार्य हल्दिबारी गाउँपालिका अध्यक्ष रबिन्द्र लिङ्देनको उपस्थितिमा बिर्ताबजार ट्राफिक प्रहरी पुजा प्रसाईको नेतृत्वमा र एक्सल डेभलपमेन्ट बैंकको सहकार्यमा सम्पन्न भएको हो।

व्यस्त सडक क्षेत्रमा पैदलयात्रीलाई सुरक्षित रूपमा सडक वारपार गर्न सहज बनाउने तथा सवारीसाधनको गति व्यवस्थापन गरी सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जेब्रा क्रसिङ र ब्यारिकेट जडान गरिएको पुजा प्रसाईंले बताइन ।

पालिका अध्यक्ष रबिन्द्र लिङ्देनका अनुसार स्थानीयवासी ट्राफिक र बितिय संस्थाको पहलले सडक सुरक्षा सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। समुदायप्रति उत्तरदायी सामाजिक कार्यमार्फत बिर्ताबजार ट्राफिक प्रहरी र एक्सल डेभलपमेन्ट बैंकले सडक सुरक्षा प्रवर्द्धनमा सकारात्मक उदाहरण प्रस्तुत गरेको भन्दै उनले धन्यवाद ज्ञापन साथै उक्त कामको प्रशंसा गरेका छन्।

Leave a Reply