झापा बिर्तामोड । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवामा बाढी, पहिरो तथा डुबानबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि पार्टीका तर्फबाट १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ।

सोमबार ललितपुरको च्यासलस्थित नेकपा (एमाले) को केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले प्राकृतिक विपत्तिबाट प्रभावित रसुवाका नागरिकलाई तत्काल राहत उपलब्ध गराउन पार्टीका तर्फबाट उक्त रकम सहयोग गर्ने जानकारी दिनुभएको हो।
बाढी, पहिरो तथा डुबानका कारण रसुवामा ठूलो जनधनको क्षति भएको अवस्थामा प्रभावित नागरिकको उद्धार तथा राहतका साथै पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको भन्दै एमालेले सहयोगको घोषणा गरेको हो।
अध्यक्ष ओलीले विपत्तिको समयमा पीडित नागरिकको साथमा उभिनुपर्ने बताउँदै राहत तथा पुनःस्थापनाका कार्यमा सबै पक्षबाट सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभएको छ।
एमालेले घोषणा गरेको सहयोग रकम रसुवाका बाढी, पहिरो तथा डुबान प्रभावितको उद्धार, राहत वितरण र पुनःस्थापनाका कार्यमा प्रयोग गरिने जनाइएको छ।