झापा, चैत १९ । झापाको बिर्तामोड–३ स्थित मेची यातायात व्यवस्था कार्यालय परिसरबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी तथा प्रदेश कार्यालयबाट सादा पोसाकमा खटिएको संयुक्त टोलीले बिचौलियाको मिलेमतोमा अनियमितता भइरहेको आशंकामा गौरादह नगरपालिका–९ बस्ने ३० वर्षीय लालबहादुर बिष्टलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिएका बिष्टलाई इलाका प्रहरी कार्यालय अनारमनी ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।