झापा , बिर्तामोड / बिर्तामोड ८ काबुरुङबारीस्थित श्री पाथिभरा शक्तिपीठमा चन्द्रप्रसाद प्रसाईंले आफ्नो जन्मदिनको अवसर पारेर सोलार प्यानल सहयोग गर्नुभएको छ।

प्रसाईंले शक्तिपीठमा विद्युत् आवश्यकतालाई सहज बनाउन एक सेट सोलार प्यानल जडानका लागि सहयोग गर्नुभएको हो। जन्मदिनलाई व्यक्तिगत उत्सवमा मात्र सीमित नराखी धार्मिक तथा सामाजिक क्षेत्रमा सहयोग गर्ने उद्देश्यले उहाँले उक्त सामग्री प्रदान गर्नुभएको बताइएको छ।
उहाँको यस सहयोगले शक्तिपीठको दैनिक पुजापाठ गर्ने गतिविधिमा समेत सहजता पुग्ने अपेक्षा गरिएको छ। उक्त कार्यले जन्मदिनको अवसरमा गरिएको सहयोगले सामाजिक तथा धार्मिक क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ।
सहयोगका लागी शक्तिपीठ समितिबाट चन्द्रप्रसाईंलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दै उहाँका सहयोगी हातहरू आगामी दिनमा पनि यसरी नै सामाजिक सेवामा निरन्तर अगाडि बढिरहून् भन्ने शुभेच्छा व्यक्त गरिएको छ।