झापा जन्मथलो भएकी मुना सोरेन सांगीतिक क्षेत्रमा स्थापित हुने क्रममा अगाडि बढिरहेकी छिन्। संथाली मातृभाषामा हुर्किएकी उनले भाग्य न्यौपानेद्वारा लेखिएको “मैले रोजेको मान्छे तिमी” गीतमार्फत औपचारिक रूपमा संगीत यात्रामा प्रवेश गरेकी हुन्।

उनको प्रतिभालाई पहिचान गर्दै काठमाडौंमा गीत रेकर्ड गराउन सफल खोजकर्ता भाग्य न्यौपानेलाई धेरैले धन्यवाद व्यक्त गरेका छन्। नेपाली भाषामा समेत उत्कृष्ट गायन प्रस्तुत गर्न सक्षम सोरेन पहिलो पटक विराटनगरमा अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाउने क्रममा सहभागी भएकी छन्।
यस क्रममा विराटनगर शिशु सेवा संस्थाले उनलाई नगद पुरस्कारसहित सम्मान प्रदान गरेको छ। संस्थालाई झापाली समुदायले आभार व्यक्त गर्दै, नव प्रतिभा सोरेनको सांगीतिक यात्राको सफलताको शुभकामना दिएका छन्।