बिर्तामोड , झापा । झापाको बिर्तामोड नगरपालिका–४ भद्रपुर रोडबाट विगत ११ वर्षदेखि शैक्षिक परामर्शसम्बन्धी सेवा प्रदान गर्दै आएको एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज प्रालि हनुमान सेन्ट्रलमा स्थानान्तरण भएको छ।

विजयादशमीको पहिलो दिन घटस्थापनाको अवसर पारेर प्रालिले हनुमान सेन्ट्रलको तेस्रो तलाबाट सेवा सुरु गरेको हो। संस्थाको व्यावसायिक विकास, सेवाग्राहीको सहज पहुँच, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने तथा नयाँ व्यावसायिक सम्भावनाको खोजी गर्ने उद्देश्यले कार्यालय स्थानान्तरण गरिएको प्रालिका प्रमुख कृष्ण खतिवडाले जानकारी दिए।
एक्सपर्टले अस्ट्रेलिया, क्यानडा, अमेरिका र न्युजिल्यान्डलगायतका देशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई शैक्षिक परामर्श तथा आवश्यक सहजीकरण गर्दै आएको छ। पछिल्लो समय संस्थाले थाइल्यान्ड र जर्मनीका लागि समेत सेवा विस्तार गरेको जनाएको छ।
नयाँ भवनमा स्थानान्तरण भएको अवसरमा संस्थाले अन्तर्राष्ट्रिय अंग्रेजी भाषा परीक्षण प्रणाली (आईईएलटीएस) र पीटीईका कक्षामा एक सातासम्म ७० प्रतिशत छुटको व्यवस्था गरेको प्रमुख खतिवडाले जानकारी दिए। यसबाट विदेशमा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई भाषा तयारीमा सहुलियत पुग्ने संस्थाको अपेक्षा छ।
२०७२ साल असोज २६ गतेदेखि बिर्तामोडमा सञ्चालन हुँदै आएको एक्सपर्ट एजुकेशनले विद्यार्थी तथा अभिभावकको विश्वास जित्दै आएको जनाएको छ। संस्थाका अनुसार एक्सपोर्ट एजुकेशनको सेवा २४ देशमा विस्तार भएको छ भने नेपालभर ९० वटा शाखामार्फत सेवा प्रदान गरिँदै आएको छ।
नयाँ स्थानबाट सेवा सञ्चालन भएसँगै विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा तयारी तथा विदेश अध्ययन प्रक्रियासम्बन्धी सेवा थप सहज र प्रभावकारी रूपमा उपलब्ध गराउने संस्थाको लक्ष्य रहेको छ।