बालमैत्री स्थानीय शासन सम्बन्धी वडा स्तरीय अभिमुखीकरण कार्यक्रम 

विर्तामोड, झापा ।बालमैत्री स्थानीय शासन सम्बन्धी वडा स्तरीय अभिमुखीकरण कार्यक्रम विर्तामोड नगरपालिका वडा नम्बर ९ मा सम्पन्न भएको छ। 

कार्यक्रम २०८२ साल असार १९ गते गारामनी बजारस्थित सामुदायिक भवनमा सम्पन्न भएको हो। उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष केशब पाठकको अध्यक्षता र नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रोलाको प्रमुख आतिथ्य वडा न ९ की कार्यवाहक वडा अध्यक्ष संगीता सिवाको बिशिष्ट आतिथ्यता र वडा सदस्य सल्पना राजवशी संस्थाका सदस्य कोसिस घिमिरे पत्रकार गणेश कोइराला लगायतको आतिथ्यता रहेको थियो l 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी  सग्रौलाले भन्नु भयो “बाल अधिकार, बालमैत्री शासन प्रणाली र स्थानीय तहमा बालबालिकाको हितमा सञ्चालन गरिनुपर्ने  यस्ता कार्यक्रमहरूले  समाजमा सकरात्मक सन्देस जाने जानकारी दिनुभएको थियो।” 

विर्तामोड ३, सैनिकमोडमा रहेको विराट सामुदायिक अध्ययन केन्द्रले आयोजना र विर्तामोड नगरपालिकाको सहयोगमा विराट सामुदायिक अध्ययन केन्द्रले गरेको यस अभिमुखीकरण कार्यक्रममा विभिन्न वडाका प्रतिनिधिहरू, अभिभावक, सामाजिक अभियन्ता तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमले बालमैत्री स्थानीय शासन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग पुग्ने विश्वास संस्थाका सचिब  तथा कार्यक्रम सन्चालक रुद्र सिटौलाले व्यक्त गरेका छन्। भने उक्त कार्यक्रमको सहजिकरण कार्यक्रम अधिकृत अर्जुन पाठक्ले गरेका थिए l