झापा -करिव ७ वर्ष पछि अभिनेता निखिल उप्रेती फिल्ममा कमब्याक गर्ने तयारी अवस्थामा छन् । केही समय अघि उनले ‘आचार्य’ नाममा चलचित्र विकास बोर्डमा नाम दर्ता गराएका थिए ।

निक्कै लामो समय पछि कमब्याक गर्दैगर्दा उनको कमब्याक सामान्य तरिकाले नहुने बुझिएको छ । निखिलले यस फिल्मको लागि निक्कै ठुलो तयारी गरिरहेको श्रोत बताउँछ ।
केही समय अघि सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा निखिल प्याराग्लाइडिङ गरिरहेका थिए भने एक्सन र स्टन्टको लागि पनि विशेष ट्रेनिङ लिइरहेको बुझिएको छ । ‘आचार्य’मा केही समय अघि उषा उप्रेती फाइनल भएपछि धेरैले निखिलको नायिका उनिनै हुन् भनेर बुझेका थिए तर अहिले नयाँ कुरा बाहिरिएको छ ।
श्रोत भन्छ ‘एक्सन किंग निखिल उप्रेतीको बहुप्रतिक्षित चलचित्र ‘आचार्य’मा प्रमुख अभिनेत्री अनुबन्धको कार्य अन्तिम चरणमा पुगेको छ । फिल्ममा निखिलको अपोजिटमा निति शाह, पूर्णिका सिजापति र प्रियंका रानी जोशी मध्ये एकजना अनुबन्धित हुने सम्भावना उच्च रहेको हो ।’
अब यो जानकारी आए सँगै निखिलको ‘आचार्य’मा तीनजना मध्ये कसको सम्भावना कति भनेर मिडियामा चर्चा हुन थालेको छ । पूर्णिका सिजापति र प्रियंका रानी जोशी फिल्म डेब्युको पर्खाइमा छन् भने नीति शाहले ३,४ ओटा फिल्ममा काम गरेर चर्चामा छिन् ।
सम्भावनाको विश्लेषण
नीति शाह: अनुभवको हिसाबले सबैभन्दा अगाडि। ‘आचार्य’मा एक्सन र ग्ल्यामर दुबै आवश्यक पर्न सक्ने हुँदा उनको अनुभव काम लाग्न सक्छ।
पूर्णिका सिजापति / प्रियंका रानी जोशी: दुबै नयाँ अनुहार, तर निखिलले नयाँ प्रतिभालाई प्रस्तुत गर्ने चाहना राखेमा यी दुईमध्ये एक छानिन सक्ने प्रबल सम्भावना।