शंकराचार्य आध्यात्मिक केन्द्र भजन–कीर्तन मण्डलीको आठौँ वार्षिक साधारण सभा सम्पन्न 

झापाको बिर्तामोड नगरपलिकामा शंकराचार्य आध्यात्मिक केन्द्र भजन–कीर्तन मण्डलीको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले प्रेमप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

नवगठित समितिको उपाध्यक्षमा कुबेरप्रसाद कोइराला, सचिवमा ज्ञाननाथ दवाडी, सहसचिवमा कर्णप्रसाद चम्लागाईं र कोषाध्यक्षमा विष्णुमाया चिमरिया चयन हुनुभएको छ। त्यसैगरी अन्य छ जना सदस्यसमेत चयन गरिएको जनाइएको छ।

सनातन धर्म, संस्कृति, परम्परा तथा धार्मिक आस्थाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ समिति गठन गरिएको समितिका उपाध्यक्ष कुबेरप्रसाद कोइरालाले जानकारी दिनुभयो।उहाँका अनुसार नयाँ पुस्तालाई सनातनी परम्परा, धार्मिक संस्कार र संस्कृतिबारे जानकारी गराउँदै उनीहरूमा भक्तिभाव जागृत गराउने तथा टोलमा धार्मिक गतिविधि र आध्यात्मिक महत्व बढाउने लक्ष्य समितिले लिएको छ।

भजन–कीर्तनमार्फत धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै समाजमा आध्यात्मिक वातावरण निर्माण गर्ने र परम्परागत धार्मिक मूल्य मान्यतालाई पुस्तान्तरण गर्ने उद्देश्य रहेको छ l 

Leave a Reply