कमल खोलाको पुलमुनि अन्दाजी ७० – ७५ वर्षीय पुरुषको शव

झापा, साउन ४ – झापाको कमल गाउँपालिका–२ स्थित कमल खोलाको पुलमुनि अन्दाजी ७० – ७५ वर्षीय पुरुषको शव आइतबार दिउँसो फेला परेको छ l

करिब १ बजेतिर खोलामा बगाएर ल्याएको अवस्थामा देखिएको शवबारे स्थानीयले जानकारी दिएपछि प्रहरी चौकी तोपगाछीबाट खटिएको टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थल सुरक्षित गरी शवको पहिचान गर्दा उनी शिवसताक्षी नगरपालिका–१ बस्ने ८० वर्षीय प्रभाखर पोखरेल रहेको खुलेको छ।

घटनाबारे थप अनुसन्धान र कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय दमकबाट समेत टोली खटाइएको थियो। दिउँसो २:४५ बजेतिर सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ।