फाल्गुन १६, २०८१ — आज बिहान २:५२ बजे झापा र आसपासका क्षेत्रमा भूकम्पको झड्का महसुस गरिएको छ। भूकम्पको प्रभाव काठमाडौं, पोखरा, काभ्रेपलाञ्चोक लगायतका स्थानमा पनि अनुभूति गरिएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रको विवरणअनुसार, भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड क्षेत्रमा रहेको छ, जसको तीव्रता ६.१ म्याग्निच्युड मापन गरिएको छ।
भूकम्पले पुर्याएको क्षतिको विवरण आउन बाँकी छ ।