बिर्तामोडमा ‘एजुकेशन फेष्ट–२०२५’ सम्पन्न, विद्यार्थीलाई करियर मार्गदर्शन

झापा, बिर्तामोड । वीरता जुनियर जेसीजको आयोजनामा ‘एजुकेशन फेष्ट–२०२५’ सम्पन्न भएको छ। यस कार्यक्रममा विद्यार्थीहरूलाई करियर निर्माणका लागि मार्गदर्शन दिइयो। बीएण्डसी अस्पतालको प्रायोजन र पाथीभरा इन्जिनियरिङ कलेजको सह-प्रायोजनमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई विभिन्न क्षेत्रका युवा अगुवाहरूले आवश्यक मेहनत र योजना बनाउने कुरा बताए।

कार्यक्रममा उद्यमी, व्यवसायी, युवा नेता, प्राध्यापक, पत्रकार लगायतका व्यक्तिहरूले प्यानल डिस्कसन गरेका थिए। प्रमुख अतिथि बिर्तामोड नगर कार्यवाहक प्रमुख नगेन्द्रप्रसाद संग्रौला थिए। प्यानल डिस्कसनमा डा. महेन्द्र थापा, इ. शीतल मण्डल, पत्रकार प्रदीप परियार, युवा व्यवसायी विमल राजवंशी लगायतले आ–आफ्ना अनुभव र विचार प्रस्तुत गरे।

कार्यक्रममा २५ भन्दा बढी विद्यालयका प्लस–टु विद्यार्थीहरूको सहभागिता रहेको थियो। विभिन्न विद्यालयहरूले सांस्कृतिक कार्यक्रम र ब्याण्ड प्रदर्शन गरेका थिए।

कार्यक्रमको संचालन विनिता आचार्य र आश्मा सिटौलाले गरेका थिए।