बिर्तामोड-३ मा राष्ट्रिय युवा संघको वडा कमिटी पुनर्गठन, कृष्ण बाह्रकोटी संयोजक चयन

बिर्तामोड, १२ चैत्र: राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड-३ को वडा कमिटी पुनर्गठन गरिएको छ।

आज आयोजित भेलाले कृष्ण बाह्रकोटीको संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन गरेको हो। नेकपा एमाले कोशी प्रदेश सल्लाहकार सदस्य हरि ओझाको प्रमुख आतिथ्यतामा कमिटी पुनर्गठन गरिएको हो।

बाँकी पदाधिकारीको टुंगो कमिटीको पहिलो बैठकले लगाउने पार्टीका ३ नम्बर वडा कमिटी अध्यक्ष कोशिस घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार सचिवालय कमिटीसहित अन्य सबै पदाधिकारी बैठकमा मनोनित गरिनेछ।

कमिटी पुनर्गठन कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगरकमिटी अध्यक्ष सुवास भट्टराई, उपाध्यक्ष मदन बुढाथोकी, सचिवालय सदस्यहरू कुमार बुढाथोकी, प्रकाश भट्टराई, नैनकला चुँडाल ढकाल, नगर कमिटी सदस्य हरिप्रसाद बाँस्कोटा, विश्वदीप राजवंशीलगायतको उपस्थिति थियो।

नगरका सबै वडा कमिटी गठन गरिने जनाइएको छ। भोलि वडा नम्बर ९ मा कमिटी पुनर्गठन हुँदैछ।

पूर्वेली रिकन्डिसन हाउसको सभा हलमा आयोजित कार्यक्रमको सञ्चालन राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड नगर सचिव दिनेश अधिकारीले गर्नुभयो।