झापा, बिर्तामोड ,भदौ – ७ ।
आगामी असोज एक गतेदेखि सवारी साधनमा इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा सचिवहरु सहभागी विषयगत समितिको बैठकले यो निर्णय गरेको हो सो बैठकले आउँदो असोज एक गतेदेखि अनिवार्य रुपमा इम्बोस्ड नम्बर जडान गर्ने, गराउने निर्णय गरेको हो ।

सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयबाट गाडी दर्ता, नामसारी र नवीकरण गर्दा असोज एकदेखि लागू हुनेगरी अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने र त्यसको कार्यान्वयनका लागि प्राविधिक सहयोग विभागले उपलब्ध गराउने तथा गृह मन्त्रालयसँग समन्वय गरी ट्राफिक प्रहरीसमेत परिचालन गरी प्रभावकारी नियमन गर्न भएको छ l
नेपालमा दर्ता भएका कुल सवारी साधनको संख्या ५२ लाख ६० हजार भन्दा धेर रहेको तथ्याङ्क पाइन्छ । एकै चोटी सरकारले सवारीसाधनलाई व्यवस्थित र सुरक्षित बनाउन थालेको इम्बोस नम्बर प्लेट जडान अभियान झापामा पनि तीव्र रूपमा अगाडि बढाइएको छ जुन कुरा सम्भव गर्न गरो देखिन्छ । यातायात व्यवस्था विभागले सबै प्रकारका सवारीसाधनमा क्रमशः इम्बोस नम्बर प्लेट अनिवार्य गर्ने तयारी गरेको छ।इम्बोस नम्बर प्लेट धातुबाट बनेको हुन्छ जस्मा अंक तथा अक्षरहरू उठेका हुन्छन्। जहाँ विशेष QR कोड अंकित गरिएको हुन्छ जसले सवारीको सम्पूर्ण विवरण सुरक्षित राख्छ। चोरी वा दुरुपयोग भएमा तुरुन्तै पहिचान गर्न सकिने भएकाले यसलाई उच्च सुरक्षा दुरुपयोग प्रतिरोधात्मक नम्बर प्लेट पनि भनिन्छ।
यातायात व्यवस्था कार्यालयका अनुसार, नयाँ इम्बोस नम्बर प्लेटले सवारी साधनलाई पहिचान गर्न सजिलो हुने, दुर्घटना वा चोरीजस्ता घटनामा तुरुन्तै खोजी–अनुसन्धान गर्न सहज हुने र यातायात व्यवस्थापनमा पारदर्शिता आउनेछ। भने सवारीधनीले सम्बन्धित नम्बरप्लेट बिचरण यातायत ब्य्वस्था कार्यलयमा गएर अनलाइन फाराम भरेपछि यो नम्बर प्लेट जडान गर्न सक्नेछन्। जुन पुराना नम्बर प्लेटलाई सरकारले क्रमशः हटाउँदै सबै गाडीलाई नयाँ प्रणालीमा ल्याउने नीति लिएको छ।
सवारी वर्ग अनुसार नम्बर प्लेटमा फरक–फरक रङ तोकिएको छ। निजी सवारीसाधनमा रातो पृष्ठभूमिमा सेतो अक्षर हुन्छ भने सार्वजनिकमा कालो पृष्ठभूमिमा सेतो अक्षर हुन्छ अनि सरकारीमा सेतो पृष्टभूमिमा रातो अक्षर हुन्छ भने दूतावासका सवारीमा निलो तथा विद्युतीय सवारीमा हरियो पृष्ठभूमिमा सेतो अक्षर प्रयोग हुने व्यवस्था छ।
सरकारले सवारीधनीलाई तोकिएको म्यादभित्र नयाँ नम्बर प्लेट जडान गर्न आग्रह गरेको छ। तोकिएको समयमै जडान नगर्ने सवारीसाधनलाई कारबाहीको दायरामा ल्याइने जानकारी दिइएको छ l