कोशी प्रदेशका मन्त्री एकराज कार्कीले शिवसताक्षीका खानेपानी आयोजनाको निरीक्षण गरे

१७ चैत्र २०८१, शिवसताक्षी। कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीले झापा जिल्लाको शिवसताक्षी नगरपालिका ११ मा रहेको झिलझिले खानेपानी आयोजना र विरान नहरचोक खानेपानी आयोजना, साथै शिवसताक्षी ८ को सताक्षीधाम खानेपानी आयोजनाको निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा मन्त्री कार्कीले यी आयोजनाहरू प्रगतिमा रहेको बताउँदै स्थानीय बासिन्दालाई चाँडो स्वच्छ पानी उपलब्ध गराउन सक्ने विश्वास व्यक्त गरेका छन्। उनले सम्बन्धित प्राविधिक निकाय तथा स्थानीय उपभोक्ता समितिहरूलाई कार्यक्रम छिटो र प्रभावकारी रूपमा पूरा गर्न निर्देशन दिएका छन्।

यस अवसरमा शिवसतक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, झापा खानेपानी डिभिजनका प्रमुख इन्जिनियर विकास काफ्ले, स्थानीय एमाले अध्यक्ष कुमार टंगाल, समाजसेवी तथा राजनीतिक व्यक्तित्व देवराज कार्की लगायतको उपस्थित रहेको थियो। साथै, झिलझिले खानेपानी आयोजनाका अध्यक्ष गङ्गाधर तिम्सिना र विरान नहरचोक खानेपानी आयोजनाका अध्यक्ष गोविन्द बस्नेतको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।