मृतक शेयर सदस्यको ऋण मिनाहा गर्दै सामुहिक अभियान साकोस

सामुहिक अभियान बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यको मृत्यु पश्चात ऋण मिनाहा गरेको छ ।

झापाको मेचीनगर-१२ सहरेडाँगीमा मुख्य कार्यालय रहेको साकोसले शेयर सदस्य पवित्रा राईको निधन भएकाले उनको नाममा रहेको पाँच लाख ऋण मिनाहा गरेको हो ।

६७ औं सहकारी दिवसको अवसर पारेर उक्त रकमको चेक मृतक राईका श्रीमान् प्रेम राईलाई प्रमुख अतिथि नेफ्स्कुन कोशीका कोषाध्यक्ष वि.पि भट्टराई, संस्थाका अध्यक्ष जगन भट्टराई र आइ एमई लाईफ इन्स्योरेन्स कम्पनीका बिर्तामोड प्रमुख महेन्द्र तिम्सिनाले संयुक्तरुपमा हस्तान्तरण गरेका थिए ।

निज पवित्राले सामुहिक अभियानबाट पाँच लाख ऋण लिएको र उक्त ऋणको विमा संस्थाले आइ एमई लाईफ इन्सोरेन्समा गरेको संस्थाका अध्यक्ष भट्टराईले जानकारी दिए ।

सोही अवसरमा साकोसले हरेक महिना उत्कृष्ट कार्य सम्पादन गरेवापत प्रदान गर्ने मासिक उत्कृष्ट अवार्ड कर्मचारी सविता भुर्तेल बस्नेललाई प्रदान गरेको छ ।

उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कुन कोशीका कोषाध्यक्ष वि.पि भट्टराई र आइ एमई लाईफ इन्स्योरेन्स कम्पनीका बिर्तामोड प्रमुख महेन्द्र तिम्सिनाले आ-आफ्ना धारणा राखेका थिए ।

संस्थाका अध्यक्ष जगन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन व्यवस्थापक भरत बरालले गरेका थिए ।