ओलीको दाबी : सरकार ०८४ को चुनावसम्म कायम रहनेछ, कांग्रेससँगको सहकार्य पनि निरन्तर

२७ चैत, काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेससँगको सहकार्य आगामी २०८४ सालको चुनावपछि पनि निरन्तर रहने बताएका छन्।

बुधबार नेपाल चेम्बर अफ कमर्शको वार्षिक साधारण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार तुरुन्तै परिवर्तन हुने अवस्था नरहेको स्पष्ट पारे।

‘देशका प्रमुख जिम्मेवार र ऐतिहासिक योगदान दिएका पार्टीहरू स्थिर र कम्फर्टेबल बहुमतका साथ सरकारमा छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘अहिले मैले जे भनिरहेको छु, भोलि नै सरकार परिवर्तन भइहाल्छ कि भन्ने स्थिति छैन। कम्तिमा पनि ०८४ को चुनावसम्म जान्छ, त्यसपछि पनि यो सिलसिला कायम रहन्छ।’

प्रधानमन्त्रीको भनाइ अनुसार सरकारको स्थायित्व कायम रहनेछ र हालको गठबन्धन अझै मजबुत बनाइने छ भन्ने संकेत मिलेको छ।