बिर्तामोड, झापा — बिर्तामोड नगरपालिका वडा नं. ३ को समन्वय र नगर प्रमुख पवित्रा महतारा प्रसाईको पहलमा शान्ति सुरक्षा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै बिर्ताबजार प्रहरी चौकीकालाई १५० सिसी क्षमताको पल्सर मोटरसाइकल हस्तान्तरण गरिएको छ।

स्थानीय शान्ति सुरक्षा व्यवस्थापनमा अब्बल भूमिका निर्वाह गर्दै आएका बिर्ताबजार प्रहरी चौकी इन्चार्ज पदम बिष्टको सक्रियता, जिम्मेवारी र समुदायसँगको समन्वयलाई उच्च मूल्याङ्कन गर्दै उनलाई उक्त मोटरसाइकल नगरस्तरीय कार्यक्रममार्फत प्रदान गरिएको हो।
हस्तान्तरण कार्यक्रममा बितामोड नगर प्रमुख पबित्रा महतारा प्रसाई वडा अध्यक्ष मदन बुढाथोकी, वडा सदस्य हरी बास्कोटा, चौकी व्यवस्थापन समितिका अध्यक्ष बिरेन कोइराला, समाजसेवी कोसिस घिमिरे लगायतको उपस्थितिमा उक्त सम्मान हस्तान्तरण गरिएको थियो।
नगर प्रमुख पवित्रा महतारा प्रसाईले कार्यक्रमलाई सम्बोधन गर्दै भनिन्, “समुदायमैत्री प्रहरी प्रणालीलाई बलियो बनाउन, सुरक्षाकर्मीलाई तत्काल आवश्यक स्थानमा पुग्न र शान्ती सुरक्षा कायम गर्न नगरपालिकाले सवारी साधन प्रदान गएको हो।”
प्रहरी इन्चार्ज पदम बिष्टले यो सम्मानप्रति आभार व्यक्त गर्दै आगामी दिनमा झनै जिम्मेवार र समर्पित भएर विर्तामोड वासीको सुरक्षामा सदैव आफु समर्पित रहेको प्रतिवद्धता व्यक्त गरे।
उक्त कार्यक्रमले “स्थानीय तह र सुरक्षा निकायबीचको सहकार्यलाई थप सुदृढ बनाउने विश्वास लिएको ” वडा अध्यक्ष मदन बुढाथोकीले जनाए ।

