झापा, चैत्र २८ । नयाँ वर्ष २०८२ को उपलक्ष्यमा बिर्तामोडस्थित बिर्तामोड टिकटक कलेक्सन, चाइना मार्केट र बिर्तामोड बिरयानी हाउसले ग्राहकहरूका लागि विशेष छुट अफर तथा सामाजिक सेवा अभियान सञ्चालन गरेका छन्।

यो अफर चैत्र २८ देखि वैशाख ३ सम्म लागू हुनेछ, जसमा महिला, पुरुष र बालबालिकाका लागि विभिन्न नामचलेका लुगा तथा अन्य सामानहरूमा १० देखि २० प्रतिशतसम्म छुट दिइनेछ। साथै, वैशाख ३ मा भाग्यशाली चिठी (लक्की ड्र) मार्फत ग्राहकहरूलाई रकम फिर्ता (क्यासब्याक) पाउने मौका पनि दिइनेछ। यसका लागि ग्राहकले सम्बन्धित सोशल मिडिया पेज मनपराउन, पोष्ट शेयर गर्न र फलो गर्नुपर्नेछ।

आयोजकले यस वर्ष ४५ जना भाग्यशाली ग्राहकहरूलाई प्रतिव्यक्ति २५०० रुपैयाँ बराबर निःशुल्क किनमेलको अवसर दिने बताएका छन्।
यसरी व्यवसायीक नाफामात्र नलिई सामाजिक दायित्व पनि बुझ्दै आएका आयोजकले विपन्न, समस्याग्रस्त तथा आवश्यकता परेका व्यक्तिहरूलाई जात, धर्म, लिङ्ग नहेरी लत्ताकपडा तथा खानेकुरा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। उनीहरूले व्यवसायबाट प्राप्त आम्दानीको एक भाग समाज सेवामा लगाएर सामुदायिक विकासमा योगदान पुर्याउने बताएका छन्।
यस अवसरमा आयोजकले व्यापार र सेवाको सन्तुलन कायम गर्नुपर्छ भन्ने विचार राखेका छन्। उनीहरूको यो पहलले स्थानीय समुदायलाई सहयोग पुर्याउन मद्दत गरेको छ।
