विद्यार्थी–मैत्री यातायात सुविधा : अब ५० प्रतिशत छुटमा!

बिर्तामोड, असार १२ — त्रिदेव बहुमुखी क्याम्पसका विद्यार्थीहरूले अब सगरमाथा यातायात सेवा प्रा.लि. सँगको सहकार्यमा विशेष ५० प्रतिशत छुटमा यातायात सेवा लिन सक्ने भएका छन्। क्याम्पसको स्ववियु (स्ववियु)को सक्रिय पहलमा यो सुविधा सञ्चालनमा आएको हो।

काँकडभिट्टा–चारआली–बिर्तामोड रुटमा लागू हुने यस सुविधाअनुसार क्याम्पसको आधिकारिक Student ID Card र क्याम्पस ड्रेस अनिवार्य गरिएको छ।

स्ववियु निर्वाचनको घोषणापत्रमा उल्लेख गरिएको ग्यारेन्टी नम्बर १६ – “यातायात व्यवसायी सङ्ग सहकार्य गर्दै आउनेछ, विद्यार्थी सुलभ भाडामा यातायात चढ्दै” – लाई कार्यान्वयनको चरणमा रूपान्तरण गरिएको हो।

यस अवसरमा आज क्याम्पस प्रमुख श्री गोपीकृष्ण भट्टराईलाई निर्णय पत्र हस्तान्तरण गर्दै सगरमाथा यातायात सेवा प्रा.लि.का अध्यक्ष श्री नवीन कोइरालाले यस सेवाको औपचारिक घोषणा गर्नुभयो।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री हरिप्रसाद घिमिरे, सह–क्याम्पस प्रमुख श्री तेजप्रसाद खनाल, र अन्य पदाधिकारीहरूको उल्लेखनीय योगदान रहेको थियो।

स्ववियु त्रिदेव बहुमुखी क्याम्पस परिवारले सगरमाथा यातायात सेवा प्रा.लि.लाई धन्यवाद ज्ञापन गर्दै, भविष्यमा अझ प्रभावकारी सहकार्यको अपेक्षा व्यक्त गरेको छ।