३० चैत्र, झापा। प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज झापा आइपुगेका छन्।

उहाँ झापा स्थित भद्रपुर विमानस्थलमा अवतरण गर्नु भएको हो। प्रधानमन्त्री ओलीलाई स्वागत गर्न नेकपा (एमाले)का केन्द्रीय कमिटी, प्रदेश कमिटी तथा स्थानीय तहका पार्टी नेताकार्यकर्ता विमानस्थलमै उपस्थिति छन्।
भद्रपुर विमानस्थलबाट उहाँ सिधै दमक प्रस्थान गरेका छन् जहाँ प्रदेशस्तरीय जनजागरण सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। जनजागरण सभामा सहभागी हुन प्रदेशका विभिन्न जिल्लाबाट नेकपा (एमाले)का कार्यकर्ता तथा गणतन्त्र समर्थकहरूको बाक्लो उपस्थित रहेको छ।सभामा प्रधानमन्त्री ओलीले पार्टीको नीति, हालको राजनीतिक परिस्थिति र आगामी रणनीतिहरूबारे सम्बोधन गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको तयारी सम्पन्न भइसकेको आयोजकले जनाएको छ।