पोखरा दोस्रो क्वालिफायरमा प्रवेश, अब फाइनलका लागि धनगढीसँग भिडन्त

पोखरा, चैत ८ नेपाल सुपर लिगको आज भएको एलिमिनेटर खेलमा पोखरा फुटबल क्लबले चितवन एफसीलाई ३–० ले पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।

पहिलो हाफ गोल रहित भएको खेलको ६३औं मिनेटमा चितवनका अभिषेक लिम्बुले आत्मघाती गोल गरेपछि पोखरा १–० को अग्रता लिन सफल भयो। त्यसपछि पोखराका जोए आएडले ७२ र ७६औं मिनेटमा दुई गोल थप्दै जित सुनिश्चित गरे।

यस जितसँगै पोखरा अब फाइनल प्रवेशका लागि धनगढी एफसीसँग प्रतिस्पर्धा गर्नेछ। पोखराको उत्कृष्ट प्रदर्शनले उनीहरूलाई उपाधि नजिक पुर्‍याएको छ भने चितवनको यात्रा भने यहीं समाप्त भएको छ।