आगामी निर्वाचनका लागी कालिकोटबाट प्रचण्ड एक सिफारिस 

झापा , बिर्तामोड । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी निर्वाचनका लागि कालिकोटबाट एक सिफारिस भएका छन्। प्रचण्डको एकल नाम जिल्ला कमिटीले केन्द्रमा सिफारिस गरेको हो।

गएको निर्वाचनमा कालिकोटबाट माओवादीका महेन्द्रबहादुर शाही निर्वाचित भए थिए। यसअघि नुवाकोट १, सिन्धुली २, रामेछाप, महोत्तरी ४, गोरखा १ रोल्पा, कैलाली ३, काभ्रे र कास्की १ बाट पनि प्रचण्ड उम्मेदवार सिफारिस भएका छन्।