बिर्तामोड नगरपालिका वडा नम्बर ९ स्थित सहिद चन्द्र मार्ग निर्माण हुदै

झापा असार १२ बिर्तामोड नगरपालिका वडा नम्बर ९ स्थित सहिद चन्द्र मार्ग निर्माण योजनाको तीन वटा ठेक्का मध्ये बीचको २९० मिटर क्षेत्रमा कालोपत्रे भइरहेको छ । 

सडक डिभिजन कार्यालय दमकले सडक निर्माणको काम अघि बढाएको हो । प्राश्ना निर्माण सेवाले ठेक्का लिएर कालोपत्रेको काम गर्दै आएको छ । यो योजनाको कुल लागत ६० लाख ५१ हजार ६२३ रुपैयाँ ९३ पैसा (भ्याट बाहेक) रहेको छ । 

सडक निर्माण कार्यको नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, कार्यपालिका सदस्य संगिता सिवा, स्थानीय समाजसेवी प्रेम भण्डारी लगायतले अनुगमन गर्नु भयो । उक्त सडकमा परेका अन्य दुई वटा योजनाको काम पनि धमाधम भईरहेको छ ।