एनएसएल तेस्रो संस्करणको विजेतालाई ८० लाख, उपविजेतालाई ३० लाख रुपैयाँ

झापा/तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को विजेताले ८० लाख रुपैयाँ पाउने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एन्ड इन्भेट म्यानेजमेन्टले फाइनलको एक दिनअघि पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको पुरस्कार रकम सार्वजनिक गरेको हो । 

उपविजेता टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछ । अघिल्लो सिजनको तुलनामा विजेता र उपविजेता दुवै टोलीले पाउने रकम १० लाख रुपैयाँले वृद्धि गरिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज हुने फाइनल खेलमा साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्स प्रतिस्पर्धा गर्ने छन् ।