बिर्तामोडमा आदिवासी जनजाती सवालमा अन्तरक्रिया

झापा, साउन २७ — नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) झापाले आफ्नो २६ औं स्थापना दिवसको अवसरमा मङ्गलबार बिर्तामोडमा “मिडियामा आदिवासी जनजाती सवाल” विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ।

फोनिज झापाका अध्यक्ष अर्जुा राजवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फोनिजकी केन्द्रीय सदस्य भुमिका फियाक लिम्बु प्रमुख आतिथ्य रहेकी थिइन्। कार्यक्रममा फोनिजका पूर्व केन्द्रीय उपाध्यक्ष कमल देवान, नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरी, प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार, आदिवासी जनजाती महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरी, उपाध्यक्ष केवलराम राई, फोनिज झापाका पूर्व अध्यक्ष इन्द्रजीति मुखियालगायतले शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रमको औचित्यमाथि प्रकाश फोनिज झापाका संस्थापक अध्यक्ष दिपिन राईले पारेका थिए भने स्वागत उपाध्यक्ष तीलक योन्जनले गरेका थिए। सञ्चालन सचिव सन्तोष वेघाले गरेका थिए।

अन्तरक्रिया कार्यक्रममा झापाका पत्रकारजन्य संघसंगठनका प्रमुख तथा प्रतिनिधि, आदिवासी जनजाती पत्रकार संघका प्रमुख तथा प्रतिनिधि, तथा आदिवासी जनजातीका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए।