बिर्तामोड, वैशाख १३।
खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज झापा जिल्लाको चौथो साधारण सभा तथा जिल्ला अधिवेशन बिर्तामोड–९, नरयाबारीस्थित बुढाथोकी सामुदायिक भवनमा सम्पन्न भएको छ। अधिवेशनले योगेन्द्र बुढाथोकीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

नवगठित कार्यसमितिको अध्यक्षमा योगेन्द्र बुढाथोकी, वरिष्ठ उपाध्यक्षमा गणेश बुढाथोकी, उपाध्यक्षमा काजी बुढाथोकी, सचिवमा कुमार बुढाथोकी, सहसचिवमा मेनुका बुढाथोकी र कोषाध्यक्षमा इन्द्र बुढाथोकी चयन भएका छन्। समितिमा थप १५ जना सदस्य चयन गरिएको छ।
अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज केन्द्रीय कार्यसमिति, काठमाडौँका अध्यक्ष गणेशबहादुर बुढाथोकी रहेका थिए। केन्द्रीय महासचिव राजु बुढाथोकी, बिर्तामोड–३ का वडा अध्यक्ष मदन बुढाथोकी, केन्द्रीय सदस्य देवराज बुढाथोकी, पदम बुढाथोकी, शारदा बुढाथोकी र कोशी प्रदेश समिति अध्यक्ष रामकुमार बुढाथोकी विशेष अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा कोशी प्रदेश उपाध्यक्ष रामजी बुढाथोकी, झापा जिल्ला सल्लाहकार समिति संयोजक विष्णुबहादुर बुढाथोकी र तेह्रथुम जिल्ला कार्यसमिति अध्यक्ष शेरबहादुर बुढाथोकीलगायतको उपस्थिति रहेको थियो।
अधिवेशनका अवसरमा झापा जिल्लाका विभिन्न स्थानमा रहेका ८० वर्ष उमेर पार गरेका ४० जना जेष्ठ नागरिकलाई खादा ओढाइ नगद रु १,००५ सहित सम्मान गरिएको आयोजकले जनाएको छ। साथै, विभिन्न क्षेत्रमा योगदान पुर्याउने चारजना व्यक्तित्वहरूलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको छ।
सम्मानित हुनेमा काँकरभिट्टा खानेपानी उपभोक्ता समिति अध्यक्ष रोहित बुढाथोकी, दहीझोडा सामुदायिक वन उपभोक्ता समिति अर्जुनधारा अध्यक्ष देवराज बुढाथोकी, लखनपुर खानेपानी उपभोक्ता समिति सदस्य ईश्वर बुढाथोकी र सतासीधाम धार्मिक तथा पर्यटन विकास समिति सहसचिव डिकबहादुर बुढाथोकी रहेका छन्।
झन्डै ५०० जनाको उपस्थितिमा सम्पन्न अधिवेशनमा विविध सांगीतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो।