बिर्तामोड–८ मा महिला लक्षित उद्घोषण तथा माइन्युट लेखन तालिम सुरु

१५ बैशाख, बिर्तामोड। आजभोलिका युवावर्ग सामाजिक सञ्जाल र इन्टरनेटमा मात्र सीमित भइरहेका बेला व्यवहारिक सीप विकासका कार्यक्रमहरू पनि सञ्चालन हुन थालेका छन्।

अखिल नेपाल महिला संघ (अनेमसंघ) बिर्तामोड नगरपालिका–८ वडा समितिको आयोजनामा महिला लक्षित तीन दिने उद्घोषण तथा माइन्युट लेखन तालिम सोमबारदेखि सुरु भएको छ। वडा समितिकी अध्यक्ष ममता अधिकारीले कार्यक्रमको अध्यक्षता गर्दै भन्नुभयो, “व्यावहारिक जीवनमा संघ – संस्थामा रही समाजलाई सेवा पुर्याउन उद्घोषण र माइन्युट लेखन जस्ता सीपको ठूलो महत्व हुन्छ। हामीले यो तालिममार्फत महिलाहरूलाई दक्ष बनाउन खोजेका हौँ।”

तालिमको उद्घाटन अनेमसंघ क्षेत्र नं. २ की अध्यक्ष विष्णुमाया बुढाथोकीले ब्यानर पढेर गर्नु भएको थियो। कार्यक्रममा अनेमसघं नगर समिति अध्यक्ष यसोदा प्रसाईं भट्टराई विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो।सञ्चारकर्मी भीमा सिवाकोटीकोले सञ्चालन गर्ने तालिममा ३० जना महिलाले सहभागिता जनाएका छन्। सहभागीहरूले उद्घोषण कला र माइन्युट लेखनको व्यवहारिक ज्ञान लिनेछन्।